Paschim Express
माल्टा पठाउँछु भन्दै ५० लाख ठगी गर्ने बझाङका जोशी पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङका केशवराज जोशी रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।

वैदेशिक रोजगार विभागको उजुरीका आधारमा जोशीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

जोशीले वैदेशिक रोजगारीमा माल्टा लगायतका देशमा पठाइदिने भन्दै  ५० लाख रुपैयाँभन्दा रकम असुलेको बुझिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update