काठमाडाैं । १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् । मकवानपुरकाे प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान २४ वर्षीय सन्तोष बोट पक्राउ परेका हुन् ।
कञ्चनपुर घर भएका प्रहरी जवानविरुद्ध ८ कक्षामा अध्ययनरत १७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए ।
उनी १६ जेठमै पक्राउ परेका थिए । उनले अभिभावकविहीन नाबालिकालाई प्रेमको बहानामा पटक-पटक जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । यस्तै नाबालिकाले भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवानटले पटक-पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।
पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ ।