Paschim Express
परशुराम नगरपालिकाले ल्यायो ६५ करोड ७१ लाखको बजेट

डडेल्धुरा । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि डडेल्धुराको परशुराम नगरपालिकाले ६५ करोड ७१ लाख ६२ हजारको बजेट ल्याएको छ । नगर सभाको १५औं अधिवेशनमा नगर उपप्रमुख बिमला कुमारी बोहराले बजेट प्रस्तुत गरेकी हुन्। 

नगरपालिकाले आन्तरिक आय २ करोड १० लाख प्रक्षेपण गरेको छ भने, संघ सरकारबाट वाडफाँड भई प्राप्त हुने राजश्व १३ करोड ८७ लाख ९९ हजार ९ सय ९९ अनुमान गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारबाट राजश्व वाडफाँडमा ४३ लाख ९२ हजार, नेपाल सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान ११ करोड ३४ लाख, ९२ हजार सुदूरपश्चिम प्रदेस सरकारबाट प्राप्त वित्तीय समानिकरण १ करोड २ लाख ५२ हजार, संघ सरकारबनट सर्शत अनुदान ३२ करोड ७८ लाख ९६ हजार, प्रदेस सरकारवाट शर्सत अनुदान ५१ लाख, ६० हजार प्रदेस समपुरक २ करोड २२ लाख, ५३ हजार र प्रदेस विशेष अनुदान ८५ लाख स्राेत समावेश गरेको उपप्रमुख बिमला कुमारी बोहरा महताले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update