Paschim Express
डडेल्धुरामा एक नाले भरुवा बन्दुक फेला

डडेल्धुरा । डडेल्धुरामा एक नाले भरुवा बन्दुक फेला परेको छ । अजयमेरु गाउँपालिका-४ देवली जंगलमा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जंगलमा स्थानिय गोठालाहरुले बन्दुक रहेको भनि जानकारी गराउना साथ प्रहरी चौकी देवलदिब्यपुर डडेल्धुराबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरी कार्यालय डडेल्धुराबाट आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update