Paschim Express
डडेल्धुराका ७  स्थानीय तहले ल्याए बजेट, कसको कति ?

डडेल्धुरा । डडेल्धुराका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । 
१० असारभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार ७ स्थानीय तहले निर्धारित समयमै ल्याएका हुन् ।

कसको कति ?
डडेल्धुरामा आगामी आर्थिक वर्षका लागि सबभन्दा धेरै परशुराम नगरपालिकाले ६५ करोड ७१ लाख ६२ हजारको बजेट ल्याएको छ । नगर सभाको १५औं अधिवेशनमा नगर उपप्रमुख बिमला कुमारी बोहराले बजेट प्रस्तुत गरेकी हुन् । 
नगरपालिकाले आन्तरिक आय २ करोड १० लाख प्रक्षेपण गरेको छ भने, संघ सरकारबाट वाडफाँड भई प्राप्त हुने राजश्व १३ करोड ८७ लाख ९९ हजार ९ सय ९९ अनुमान गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारबाट राजश्व वाडफाँडमा ४३ लाख ९२ हजार, नेपाल सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान ११ करोड ३४ लाख, ९२ हजार सुदूरपश्चिम प्रदेस सरकारबाट प्राप्त वित्तीय समानिकरण १ करोड २ लाख ५२ हजार, संघ सरकारबनट सर्शत अनुदान ३२ करोड ७८ लाख ९६ हजार, प्रदेश सरकारवाट शर्सत अनुदान ५१ लाख, ६० हजार प्रदेश समपुरक २ करोड २२ लाख, ५३ हजार र प्रदेश विशेष अनुदान ८५ लाख स्रोत समावेश गरेको उपप्रमुख बिमला कुमारी बोहरा महताले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

यता, डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याएको छ । चालुतर्फ र पूँजीगततर्फ गरी कूल बजेट ल्याएको हो ।

अमरगढी नगरपालिकाका प्रवक्ता खेमराज भट्टले चालुतर्फ ४३ करोड ६७ लाख ४४ हजार र पूँजीगततर्फ १७ करोड १९ लाख बजेट नगरसभामा प्रस्तुत भएको बताए । 

साथै उनले संघीय अनुदानतर्फ ४४ करोड ८९ लाख, प्रदेश अनुदानतर्फ ४ करोड ६९ लाख ८६ हजारको वजेट प्रस्तुत गरिएको जानकारी दिए । 

यस्तै आन्तरीक आय तर्फ अनुमानित १ करोड ६० लाख, राजस्व वाँडफाँड तर्फ ३१ लाख ५८ हजार, मालपोततर्फ ३० लाख गरी कूल ६० करोड ४६ लाख ४४ हजारको बजेट विनियोजन गरिएको हो । 

नीति तथा कार्यक्रम अमरगढी नगरपालिकाका प्रवक्ता खेमराज भट्टले प्रस्तुत गरेका थिए भने बजेट कार्यपालिका सदस्य राधिका जोशीले प्रस्तुत गरेकी थिइन् ।

यस्तै गन्यापधुरा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ४१ करोड १४ लाख ६ हजारको बजेट ल्याएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मनोज देउवाका अनुसार चालुतर्फ २६ करोड ९० लाख ६५ हजार ७ सय १४ र पूँजिगत तर्फ १४ करोड २३ लाख ४० हजार बजेट पारित गरेको हो । 

१८औं गाउँसभावाट बार्षिक नीति कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्की र बजेट गाउँपालिका उपाध्यक्ष ज्ञानु देउवाले प्रस्तुत गरेकी थिइन् ।

उता अजयमेरु गाउँपालिकाले ४८ करोड ३१ लाख ७२ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि उक्त बजेट गाउँसभाको १४औँ अधिवेशमा प्रस्तुत गरेकी हुन् ।

जसमध्ये चालु खर्चतर्फ ८ करोड ९२ लाख, विविध तथा पुँजीगततर्फ ११ करोड १७ लाख ९५ हजार विनियोजन गरिएको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त सर्शत समपूरक र विशेष अनुदान कार्यक्रमबाट चालु तथा पुँजीगत खर्च २८ करोड १६ लाख ७७ हजार हुने अनुमान गरिएको उपाध्यक्ष पालले बताइन् ।

अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ३४ लाख, अन्यबाट २ करोड ४१ लाख ९३ हजार, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरणबाट ८ करोड ४१ लाख, नेपाल सरकारबाट राजश्च बाँडफाँड भई प्राप्त हुने रु ८ करोड ४१ लाख, नेपाल सरकारबाट प्राप्त शर्सत अनुदान २३ करोड ७६ लाख ९७ हजार, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरणबाट ६८ लाख २ हजार प्रदेश सरकारबाट राजध बाँडफाँड भई प्राप्त हुने १७ लाख, प्रदेश सरकारबाट प्राप्त शर्सत अनुदान ५८ लाख ३० हजार रहने जनाइएको छ ।

प्रदेश सरकारबाट समपूरक अनुदानबाट ७६ लाख ५० हजार र विशेष अनुदानबाट ७० लाख, संघीय सरकारबाट विशेष अनुदानबाट १ करोड ५ लाख र संघीय सरकार समपूरक अनुदानवापत १ करोड ३० लाख प्राप्त हुने अनुमान गाउँपालिकाले गरेको छ ।

यस्तै आलिताल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल खर्च ४२ करोड ३१ लाख ५४ हजार विनियोजन गरेको छ । कूल विनियोजनमध्ये चालुतर्फ २७ करोड २९ लाख ३४ हजार ३ सय ३० अर्थात ६४.५० प्रतिशत, पुँजीगततर्फ १५ करोड २ लाख १९ हजार ६ सय ७० अर्थात ३५.५० प्रतिशत रहेको छ । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको कुल खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकार समानीकरण अनुदानबाट ८ करोड ३२ लाख, संघीय राजस्व बाँडफाँडबाट ९ करोड ९० लाख ९९ हजार ९ सय ९९, सुदूरपश्चिम प्रदेश समानीकरण अनुदानबाट ७० लाख ८३ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २५ लाख २४ हजार र आन्तरिक स्रोतबाट १ करोड ६५ लाख, संघीय सशर्त, विशेष र समपुरक अनुदानबाट १९ करोड ८० लाख ४७ हजार र प्रदेश समपुरक र विशेष अनुदानबाट १ करोड ६७ लाख प्राप्त हुने बताइएको छ । 

नवदुर्गा गाउँपालिकाले कुल ४२ करोड ६२ लाख ७८ हजारको बजेट ल्याएको छ । सम्पूर्ण खर्च हुने बजेट खर्चतर्फ चालु खर्च ७ करोड ५० लाख, पुँजीगत खर्चतर्फ ११ करोड १८ लाख, समपुरक अनुदानतर्फ ३ करोड ८५ लाख, विशेष अनुदानतर्फ २ करोड ७० लाख एवम् सर्शत कार्यक्रमतर्फ १९ करोड १९ लाख २२ हजार गरि कुल ४२ करोड ६२ लाख ७८ हजार व्यय हुने अनुमान गरिएको गाउँपालिकाले जानएको छ ।

यस्तै भागेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ४५ करोड ४५ लाख २५ हजारको बजेट ल्याएको छ । 


 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update