Paschim Express
डडेल्धुराका २ जना लागुऔषधसहित  पक्राउ

डडेल्धुरा । डडेल्धुराका २ जना लागुऔषधसहित कैलालीमा पक्राउ परेका छन् । कैलालीको चुरे गाउँपालिका-६ फल्टुडे पोस्ट नजिकबाट डडेल्धुराको अमरगढी नगरपालिका-२ कुस्माली बस्ने २१ वर्षका ललित ऐर र १६ वर्षीय किशोर सोमबार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट खटिएको प्रहरी गस्ति टोलीले ललितको साथबाट १५० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरी दुवै जनालाई उनीहरु सवार एक थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको बताएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update