Paschim Express
डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ

डडेल्धुरा ।  डडेल्धुरामा एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको पर्शुराम नगरपालिका–१ का ५५ वर्षीय भोज नाथ आलिताल गाउँपालिका–३ डाँडाखर्कबाट भरुवा बन्दुकसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनी आलिताल गाउँपालिका–३ डाँडाखर्कमा बाख्रा पालन गर्दै आएका थिए ।

खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले अवैध भरुवा बन्दुक फेला परेपछि नाथलाई नियन्त्रणमा लिएको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update