Paschim Express
सुदूरपश्चिमबाट एसइईमा १७ हजार ३७जना उत्तीर्ण

काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । 

बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । उनीहरूमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् ।

५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएकाे बाेर्डले जनाएकाे छ। अर्थात् दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल (एनजी) भएका छन्। तीमध्ये एक लाख १५ हजार ८३४ विद्यार्थीले मात्रै मौका परीक्षा(कम्पार्ट) अर्थात् स्तर वृद्धि परीक्षा दिन पाउने भएका छन् । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।

दुई विषयमा एनजी भएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ । दुईभन्दा बढी विषयमा एनजी आएका एक लाख २६ हजार ४८० विद्यार्थीले भने पुनः परीक्षा दिन एक वर्ष कुर्नुपर्ने भएकाे छ ।

नतिजाअनुसार सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन् । परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए ।

see3_aoTgJ7Glm7-1719473678.webp
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update