Paschim Express
सुदूरपश्चिमका यी जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं । सुदूरपश्चिम प्रदेशका केही नदी तथा खोलामा आज बाढी आउने सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । 

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा,अछाम र आसपास जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज सातवटै प्रदेशमा वर्षाको सम्भावना छ । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update