Paschim Express
डडेल्धुराका डम्बर घाँटी रेटिएको अवस्थामा जंगलमा भेटिए

डडेल्धुरा । डडेल्धुरामा एकजना घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका छन् ।  आज (शनिबार) डडेल्धुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्मरदेव भट्ट (सन्तोष)  घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका हुन् ।

उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख (डीएसपी) दीपक कार्कीले बताए । उनका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ । 

डम्बरबहादुर हिजो बेलुकादेखि हराएका थिए ।हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान फेला परेका हुन् ।

उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल लगिएकोमा  धनगढी रेफर गरिएको थियो । धनगढीमा पनि अहिले उपचार सम्भव नहुने देखिएपछि काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।

सब ओभरसेयर रहेका उनी पछिल्लो समय डिप्रेसनको बिरामी रहेको बताइएको छ  । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update