Paschim Express
डडेल्धुरामा नेविसंघले मनायो राष्ट्रिय धान दिवस, रोपाई महोत्सवको आयोजना

डडेल्धुरा । डडेल्धुरामा पनि २१औं राष्ट्रिय धान दिवस मनाइएको छ । “जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

यस्तै नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि धान दिवस मनाएको छ । अमरगढी नगरपालिकाको वडा नम्बर ३ स्थित गुजल्लेकमा धान दिवस मनाइएको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए । 

उनका अनुसार धान दिवसको अवसरमा रोपाई महोत्सवको पनि आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघका पदाधिकारीसंगै सदस्य, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update