Paschim Express
डडेल्धुरामा खाद्य गुणस्तर निगरानीबारे अन्तरक्रिया

डडेल्धुरा । डडेल्धुरामा खाद्य गुणस्तर निगरानीबारे अन्तरक्रिया भएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीको आयोजनामा जिल्ला सदरमुकाममा खाद्य गुणस्तर निगरानीबारे अन्तरक्रिया कार्यक्रम भएको हो । 

कार्यक्रममा खाद्य सुरक्षा सम्बन्धि स्वास्थ कार्यलय डडेल्धुराका प्रमुख केशरबहादुर साउदले अभिमुखिकरण गरेका थिए ।

होटेल व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष रमेशकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायीसंगै सञ्चारकर्मीको पनि सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update