Paschim Express
महाकालीमा डुबेका मजदुरको शव भेटियो

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित महाकाली पक्की पुलमा मजदुरी गर्ने सुर्खेतको बाराहाताल गाउँपालिका-७ घर भएका ४५ वर्षीय धन बहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बिहान ११ बजेतिर महाकाली नदीमा माछा मार्न गएको अवस्थामा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई खोजतलास गर्दा साँझ ६ बजेको समयमा मृत अवस्थामा फेला पारेको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update