Paschim Express
बरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन

काठमाडौं  । कञ्चनपुर घर भएका बरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन भएको छ । गएराति भीमदत्त नगरपालिका–६ स्थित निवासमै आकस्मिक निधन भएको हो ।

भट्ट बिरामी थिए । उनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी थियो ।

सुदूरपश्चिम प्रदेशको पुरानो पत्रिकार फारवेष्ट टाईम्स दैनिकका प्रधान सम्पादक समेत रहेका पत्रकार भट्ट नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति थिए ।

कञ्चनपुर पत्रकार महासंघका सचिव राजेन्द्र अवस्थीले भट्टको निधनप्रति शोक व्यक्त गरेका छन् । विज्ञप्तीमार्फत महासंघले शोक व्यक्त गरेको हो ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update