Paschim Express
रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

धनगढी । नागरिक उन्मुक्ति पाटीले रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाएको छ ।

आइतवार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरा लाई संसदीय दलको नेता चयन गरिएको छ ।

त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ । दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताए ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update