Paschim Express
डम्बरदत्त भट्ट मृत्यु प्रकरणको सूक्ष्म अनुसन्धान गर्न  माग

डडेल्धुरा । डडेल्धुराका निर्माण व्यवसायी डम्बरदत्त भट्टको मृत्यु प्रकरणको सूक्ष्म अनुसन्धान गर्न माग गरिएको छ ।

सोमबार निर्माण व्यवसायी संघ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै भट्टको मृत्यु घटनाको सूक्ष्म अनुसन्धान दोषीलाई कडा कारबाहीका लागि माग गरेको हो ।  निर्माण व्यवसायी संघले प्रशासनमार्फत् उक्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंलाई समेत पठएको छ ।

यहीँ असार १५ गते संघका कार्यसमिति सदस्य एवं देवभूमि कन्स्ट्रक्सनका सञ्चालक भट्ट घाँटी रेटिएको अवस्थामा जंगलमा घाइते फेला परेका थिए । अमरगढी नगरपालिका–५ का ४५ वर्षीय भट्टको शनिबार दिउँसो धनगढीमा मृत्यु भएको थियो। निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि आर्थिक समस्यामा परेर भट्टले तनावमा आएर आफ्नै घाँटी रेटेको यहाँका निर्माण व्यवसायीहरूको भनाइ छ । 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले आफूले भट्टको मृत्यु प्रकरणबारे गम्भीर भएर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए ।

निर्माण व्यवसायी संघको टोलीले डडेल्धुराका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीलाई पनि भेटेर घटनाको सत्यतथ्य छानबिनका लागि माग गरेको छ ।

448956880_1656459528537791_8652907239963587576_n-1719825102.jpg
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update