Paschim Express
डडेल्धुरामा पनि मनाइयो गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती

डडेल्धुरा । डडेल्धुरामा पनि  नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती मनाइएको छ ।  कांग्रेसको पार्टी कार्यालयमा विविध कार्यक्रम आयोजना गरेर उनको जन्मजयन्ती मनाइएको नेपाल ट्रेड युनियन डडेल्धुराका अध्यक्ष धनबहादुर भण्डारीले बताए । 

तत्कालीन राणा शासकबाट लखेटिएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाका कान्छा पुत्रका रूपमा १९८१ असार १८ गते भारतको बिहारमा जन्मिएका गिरिजाप्रसाद नेपाली राजनीतिका धरोहर मानिन्छन् । उनी बीपी कोइराला र मातृकाप्रसाद कोइरालाका भाइ हुन् ।

२०६२/०६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका उनी पाँचपटक प्रधानमन्त्री भए । उनको निधन २०६६ साल चैत ७ गते भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update