Paschim Express
बझाङमा फेरि भूकम्प गयो, मापन ५.३ रेक्टर स्केल 

डडेल्धुरा । बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । शनिबार जिल्लाको भाटेखोला केन्द्रबिन्दु बनाई भूकम्प गएको हो । बिहान ११ बजेर ४५ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राबिधिक अनुशा दाहालले जानकारी दिइन ।

बझाङ केन्द्रबिन्दु बनाई गएको भूकम्पले सुदूरपश्चिम प्रदेशमा धक्का महसुस गरिएको छ । बझाङ केन्द्रबिन्दु भएर १६ गते ६.३ रेक्टर स्केलको भूकम्प गएपछि जिल्लाका विभिन्न क्षेत्रलाई केन्द्र बनाएर निरन्तर भूकम्प गइरहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update