Paschim Express
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ- लगातारको वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।  जयपृथ्वी राजमार्गको जालेबगर र तमैलमा पहिरोसँगै सडक माथिबाट ठूल्ठूला ढुगां खसेपछि राजमार्ग अवरुद्ध भएको हो । जालेबगरको पहिरो स्काभेटर लगाएर पन्छाउने काम भइरहेको छ ।

तमैलमा भने मेसिनले हटाउन नसक्ने ठूला ढुंगा खसेको कारण वैकल्पिक उपायको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए ।

बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द भएपछि जिल्लाभरीको आवागमन प्रभावित भएको छ । 

बिहीबार दिउँसोबाट बझाङमा लगातार झरी परिरहेको छ । अविरल वर्षासँगै सेती नदीको सतह समेत बढ्न थालेकोले सर्तक रहन विपद् व्यवस्थापन समितिले सर्तकता सूचना जारी गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update