Paschim Express
डडेल्धुरामा लोकतान्त्रिक खेलकुद संघ विस्तार

डडेल्धुरा । डडेल्धुरामा नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ विस्तार गरिएको छ । आज(शुक्रबार) कांग्रेस पार्टी कार्यालयमा आयोजना भएको एक कार्यक्रमकाबीच अध्यक्ष धनबहादुर देउवाले समिति विस्तार गरेका हुन् ।  उनले उपाध्यक्षमा शुनिल तामाङ, सचिवमा राजबहादुर भाट र कोषाध्यक्षमा हरिना बोगटीलाई मनोनित गरेका छन् । 

उक्त कार्यक्रममा पूर्व सभमपति तथा कांग्रेस महाधिवेशन प्रतिनिधि रघुवर भट्ट प्रमुख अथिति रहेका थिए । कार्यक्रममा बोल्दै उनले खेलाडी उत्पादन गर्ने डडेल्धुरालाई राष्ट्रिय  तथा अन्तर्राािष्ट्रय पहिचान दिन लोकतान्त्रिक खेलकुद संघ गठन भएको बताए ।  यस्तै टोलदेखि जिल्लासम्म खेलकुद संघलाई लैजाने जिल्ला अध्यक्ष धनबहादुर देउवाले बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update