डडेल्धुरा । डडेल्धुराकी सावित्री ओझा पाण्डेलाई महिला उद्यमी संघले सुदूरपश्चिममै उत्कृष्ट महिला उद्यमी सम्मानबाट सम्मानित गरेको छ । संघले सन २०२१ देखि एक प्रदेशमा एक जना महिला उद्यमीलाई न्यू बिजनेश एज प्रालीको सहकार्यमा सम्मान गर्ने गरेकोमा सुदूरपश्चिम प्रदेशबाट ओझालाई सम्मान गरिएको हो ।
काठमाण्डौमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा नगद ५१ हजारसहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको हो । प्रदेशमै उत्कृष्ट महिला उद्यमी बन्न पाउँदाको खुसिले आगामी दिनमा अझै थप उद्यमशिलतातर्फ जाने ओझाले बताइन् ।
उनले ०७४ सालमा डडेल्धुरामा ग्रीन माउण्टेन कृषि विकास फर्म अन्तरगत ‐जिएम सस र नमकिन उद्योग) सञ्चालन गरि प्रदेशका ७ वटा पहाडी जिल्लासम्म उत्पादन विस्तार गरेकी छन । ओझाले आफनो उद्योगमा ७ जना महिलालाई नियमित रोजगारीमा जोडेको र स्थानीयस्तरमा उत्पादित कृषि उपज सामाग्रीको खरिद गर्ने गरेकाले अप्रत्यक्ष रुपमा कृषकलाई पनि फाइदा पुगेको बताइन् ।