
डडेल्धुरा । डडेल्धुरामा भीरबाट खसेको ढुङ्गा लागेर शिक्षकको मृत्यु भएको छ ।
जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ३ आर्दश ज्योती प्राथमिक विद्यालयका शिक्षक नवराज पनेरुको गाउँकै खानेपानी बनाउन जादाँ भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो ।
लगातारको वर्षाका कारण अबरुद्ध भएको गाउँकै खानेपानी बनाउन जादाँ मुहान नजिकको भीर माथिबाट ढुङ्गा खसेर लागेपछि घटनास्थलमै शिक्षक पनेरुको मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् ।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ ०९:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय