Paschim Express
सुदूरपश्चिमका ५ जिल्लामा सडक अवरुद्ध, डडेल्धुरामा कहाँ-कहाँ ?

डडेल्धुर । लगातारको वर्षापछि खसेको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका राजमार्ग अवरुद्ध भएका छन् ।

पहिरोले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ र अछाममा सडक अवरुद्ध भएका छन् ।

डडेल्धुराको रडुवामा पहिरो खसेको छ । तर पहिरो ठूलो नभएका कारण एकतर्फी सडक सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर-जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ ।  यस्तै भालुमारेमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

दार्चुलाको मालिकार्जुन नगरपालिका-२ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका-६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे-मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका-१३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध राजमार्गलाई खुलाउने प्रयास भइरहेको सम्बन्धी जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।

यस्तै विभिन्न जिल्लामा ग्रामीण सडकहरू पनि पूर्ण रुपमा बन्द भएका छन् ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update