Paschim Express
डडेल्धुराको साहुखर्कमा पहिरो, भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । आइतबार दिउँसो साहुखर्क नजिकैको क्षेत्रमा पहिरो खस्दा सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग अवरुद्ध बनेको हो । 

राजमार्ग अवरुद्ध भएपछि सवारी साधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन् । हालसम्म उक्त सडक खुलाउन प्रयास भएको छैन । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update