Paschim Express
डडेल्धुरामा ४ दिनदेखि वर्षा, सतर्कता अपनाउन प्रशासनको आग्रह

डडेलधुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले निरन्तरको वर्षाका कारण बाढी पहिरोको जोखिम  रहेकाले सर्तकता अपनाउन आग्रह गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले एक सूचना जारी गर्दै  विगत ४  दिनदेखि डडेल्धुरा लगायत आसपासका क्षेत्रमा परिरहेको भारी वर्षाका कारण बाढी पहिरोको जोखिम बढेर गएको जनाएका छन् ।

उनले  वर्षा अझै केहीदिन लम्बिने भनि उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको उल्लेख गर्दै खोलानाला किनार, भिरालो जमिन क्षेत्र, वनजंगल क्षेत्र आदीमा नजान सबै जिल्लावासीमा अनुरोध गरेका छन् । 

यस्तै उनले  जोखिमपूर्ण क्षेत्रमा रहेका घरमा बसीरहेका मानिसहरुलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गरी व्यवस्थापनको काम समेत गर्न जिल्लाभित्रका सबै स्थानीय तहहरुलाई अनुरोध गरेका छन् । 

449981945_449037754563807_395750549430828070_n-1720338338.jpg
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update