Paschim Express
सुदूरपश्चिमका मुख्यमन्त्रीको निर्देशनः तीनै तहका सुरक्षा निकाय 'हाई अलर्ट'मा रहनू

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तीनै तहको सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् । मुख्यमन्त्री सोडारीको अध्यक्षमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री सोडारीले राहत, उद्धारको लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सचिवालयले दिएको जानकारी अनुसार तत्काल २ हजार नेपाल प्रहरी परिचालित रहेको रहेका छन् । साथै सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि उच्च सतर्कतामा राखिएको हो ।

केही दिनयता सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । जसका कारण प्रदेशका पहाडी जिल्लामा पहिरोले दर्जनौँ सडकहरू अवरुद्ध भएको जनाइएको छ । यस्तै कैलाली र कञ्चनपुर जिल्लामा बाढी जोखिम बढेको छ । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update