Paschim Express
डडेल्धुराको आलितालमा कार्यरत खरिदारको नक्कली सर्टिफिकेट, एसएलसी फेललाई वडा सचिवको जिम्मेवारी

डडेल्धुरा । डडेल्धुराका एक खरिदारले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको फेला परेको छ।

जिल्लाको आलिताल गाउँपालिकामा प्रशासन सहायक चौथो (खरिदार) पदमा कार्यरत मेखराज जोशीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको तथ्य फेला परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज (आइतवार) विशेष अदालत काठमाडौंमा नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर गरिएको छ । आयोगका प्रवक्ता नरहरी घिमिरेका अनुसार जोशीले भारतको उत्तराञ्चल शिक्षा एवं परीक्षा परिषद्बाट हासिल गरेको हाईस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए ।

उनीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर भ्रष्टचार गरेको भन्दै भ्रष्टचारको मुद्दा दर्ता गरिएको छ ।  उनले सोही नक्कली प्रमाणपत्रका आधारमा उनले खरिदार पदमा नियुक्ति भइ हालसम्म कार्यरत रहेको आयोगले जनाएको छ । अख्तियारका अनुसार  एसएलसी अनुत्तीर्ण भएका उनले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि जागिर खाएका थिए ।

जोशी आलिताल गाउँपालिकाको वडा नम्बर ५ का सचिवको रूपमा कार्यरत रहेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update