Paschim Express
महाकालीमा खतरा बढेपछि भारतले नेपालतर्फका सबै ढोका खोल्यो

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि भारतले शारदा ब्यारेजमा रहेका नेपालतर्फका सबै ढोका खोलेको छ ।

पानी २ लाख क्युसेक पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको हो । प्रहरीका अनुसार महाकालीमा पानीको बहाव निरन्तर बढीरहेको छ ।

नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएको प्रहरीलीले जनाएको छ । शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि सवारी साधनमा रोक लगाइदै आएको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update