Paschim Express
अझै खुलेन पहिरोले अवरुद्ध भएको बुडर–जोगबुडा सडकखण्ड

डडेल्धुरा । लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध भएको बुडर–जोगबुडा सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । शनिबारदेखि अवरुद्ध भएको उक्त सडकखण्ड सञ्चालनमा आउन अझै समय लाग्ने आलिताल गाउँपालिकाले जनाएको छ । माैसम सफा रहे सडक सुचारु हुन अझै एकदिन लाग्ने पालिकाले जनाएको छ ।

आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।  

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update