Paschim Express
नवदुर्गा–४ मा सोलार र टुकीका दिन गए

डडेल्धुरा  । डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का ग्रामीण भेगमा विद्युतकाे पहुँच पुगेको छ।  गाउँपालिका-४ का ककडपानी, खटौटे लगाएतका लेकाली गाउँमा बिजुली पुगाउन सफल भएकाे पुगेको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताए । 

हिजाे(मंगलबार) एक कार्यक्रमकाबीच अध्यक्ष  वस्थीले विद्युतको स्वीच थिचेर उद्घाटन गरेका थिए ।  विगत चार वर्षदेखिको अथक प्रयास पश्चात् गाउँमा बिजुली बाल्न सफल भएको उनले बताएका छन् । उनकाअनुसार बाँकी रहेको ठाउँमा पनि लगत्तै विद्युत विस्तार हुने छ ।

सोलार, टुक्की तथा झोराको भरमा जीवन निर्वाह गरेका त्यहाँका नागरिकहरू विद्युत् पुगेपछि भने खुसी भएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा करिब ५० लाख रुपियाँको लागतमा गाउँमा बिजुली बलेको हो ।  विसं २०७८ को अन्त्यमै विद्युत् विस्तारको काम सक्ने गरेर दुई वटा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जिल्ला कार्यालय प्रमुख रमेश अवस्थीले पोल गाडेर ठेकेदार बेपत्ता भएकाले ढिला भएको बताए । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update