Paschim Express
डडेल्धुराको आलितालमा आए थप दुई एम्बुलेन्स

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाले दुई वटा नयाँ एम्बुलेन्स खरिद गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८० /८१ को बजेटमा २ थान ‘ ख ‘ वर्गको एम्बुलेन्स खरिद गरिएको पालिका अध्यक्ष शेरसिंह पार्कीले बताए।

बिरामी तथा गर्भवतिलाई अस्पतालसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष पार्कीले बताए । पालिकामा अहिले दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् । दुई वटा थप भएसँगै पालिकामा अब ४ वटा एम्बुलेन्सले सेवा दिने छ ।

 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update