Paschim Express
एमाले सुदूरपश्चिम अधिवेशनमा ६७५ प्रतिनिधि, अध्यक्षमा तीन जनाको दाबी

धनगढी ।  आइतबारदेखि सुरु हुने एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा ६ सय ७५ जना प्रतिनिधि छनोट भएका छन् । एमालेले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अधिवेशनका लागि धनगढी पुग्ने प्रतिनिधिको विषयमा जानकारी दिएको हो । सबैभन्दा धेरै प्रतिनिधि बाजुराबाट रहेको जनाएको छ । दुई वटा प्रदेश निर्वाचन क्षेत्रमात्र रहेको बाजुराबाट १ सय २८ जना प्रतिनिधि चयन भएका आएका छन् । सबैभन्दा धेरै १० वटा प्रदेश निर्वाचन क्षेत्र र १३ वटा स्थानीय तह रहेको कैलालीबाट बाजुराभन्दा कम १ सय १७ जना प्रतिनिधिमात्र छन् ।
यस्तै कञ्चनपुरबाट ६३, बैतडीबाट ६८, दार्चुलाबाट ५३, अछामबाट ५४, बझाङबाट ४८, डोटीबाट ४१ र डडेलधुराबाट १८ जना प्रतिनिधि रहेका अधिवेशन आयोजक कमिटिले जनाएको छ । यस्तै ७५ जना प्रतिनिधि एमालेले जनसंगठनबाट चयन गरेको छ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए । यस्तै तीन जनाले अध्यक्षको पदमा आफ्नो दाबी सार्वजनिक गरेका छन् । कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update