Paschim Express
कैलालीमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु

कैलाली । कैलालीको लम्कीमा अलग-अलग स्थानमा अचेत अवस्थामा फेला परेका दुई जना पुरुषको मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका–५ बस्ने ५१ वर्षीय सागर विक बाटोमा मंगलवार अचेत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा फेला पेरेका विकलाई उपचारको लागि स्थानिय अस्पताल भल्का लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

यसैगरी मंगलवार नै लम्कीचुहा नगरपालिका–३ खैरेनिको रानिजमरा कुलरिया सिँचाई आयोजनाको नहरमाथि अर्का पुरूष अचेत अवस्थामा फेला परेको थिए ।

नहरको माथि अचेत अवस्थामा फेला परेका ती पुरुषलाई उपचारको लागि लाल रत्न अस्पताल लम्की लगेकोमा चिकित्सकले चेकजाँच गर्दा उनलाई पनि मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । नहरमाथि फेला परेका ती पुरुषको अहिलेसम्म नाम, थर नखुलेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update