Paschim Express
दार्चुलाको गेष्टहाउसमा जुवा खेल्ने डडेल्धुराका बोहरासहित ५ जना पक्राउ

दार्चुला । दार्चुलाबाट नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन् ।

गोप्य सूचनाको आधारमा दार्चुलाको महाकाली नगरपालिका–४ जिपपार्कमा रहेको बिरेन्द्रवन गेष्ट हाउसको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई मंगलवार राति १०ः४५ बजे पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ४० वर्षीय खडकबहादुर मल्ल, डडेल्धुराको परशुराम नगरपालिका–९ बस्ने ३८ वर्षीय अंगद बोहरा, बैतडीको सुर्नया गाउँपालिका–१ बस्ने ३८ वर्षीय दिपक चन्द रहेका छन् ।

यसैगरी दार्चुलाको महाकाली नगरपालिका–४ बस्ने ३५ वर्षीय पुरनराम खत्री र दार्चुलाको महाकाली–४ कै ३५ वर्षीय प्रेमदत्त जोशीसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

उनीहरुको साथबाट नगद १ लाख २२ हजार ४७० र २ गड्डी तास नियन्त्रणमा लिएको सिंहले जानकारी दिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update