Paschim Express
डडेल्धुरामा नदीमा डुबेर एक किशोरीको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका-११ सलेता की १७ वर्षीया बसन्ती बिष्टको पुन्तुरा नदीको कौछाडी खण्डको तालमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

बैजनाथ मावि सलेतामा कक्षा १० मा अध्ययनरत बसन्ती भाइबहिनीसँग नुहाउन गएकी थिइन् ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update