Paschim Express
अछाममा जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत

अछाम । जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्युभएका अछामका एक पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ । तुर्माखाद गाउँपालिका–३ का २९ वर्षीया दिलादेवी बयकको विसं २०८० साउन ३२ गते खेतबारीमा काम गरेर घर फर्किने बेला जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्युभएको थियो ।

एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र डिभिजन वन कार्यालयका प्रमुख जनक पाध्यायले मृतक बयकका श्रीमान् बलबहादुर बयकलाई १० लाखको चेक हस्तान्तरण गरेका छन् ।  

जिल्लामा जङ्गली जनावरले गरेको क्षतिवापत पीडितलाई ६७ लाख रकम प्रदान गर्नुपर्र्नेछ तर जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका एकजनाका परिवार र घाइते ११ जनालाई चालु आर्थिक वर्षमा  १६ लाख राहत रकम उपलब्ध गराइएको डिभिजन वन कार्यालय प्रमुख पाध्यायले बताए । अन्य घाइते, मृतक र जङ्गली जनावरले क्षति पु¥याएका किसानको राहत रकम अर्को आर्थिक वर्षमा उपलब्ध गराइने उनले बताए । 

अन्नबालीमा चार सय १३ जना किसानको  १७ लाख ६४ हजार आठ सय, पशुधनतर्फ ७७ जना किसानको  २८ लाख रकम राहत दिन बाँकी छ । आव २०७८/७९ देखि हालसम्म जङ्गली जनावरको आक्रमणबाट अछाममा दुई जनाको र १९ जना घाइते भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update