Paschim Express
डोटीको गोपघाटमा ट्याक्टरको ठक्करबाट बालक घाइते

डोटी । डोटीको दिपायल नगरपालिकाको गोपघाट बजारमा ट्याक्टरले ठक्कर दिदा साइकलमा सवार बालक घाइते भएका छन् ।

बाजुरादेखि धनगढीतर्फ गइरहेको बुढिनन्दाका २८ वर्षीय चक्र खड्काले चलाएको से २ प २६१ नम्बरको ट्याक्टले ठक्कर दिदा १४ वर्षीय सुदिप बलायर घाइते भएका प्रहरीले जनाएको छ । बलायर गोपघाट बजारदेखि तिलतालीतर्फ जाने क्रममा ठोक्किएका थिए ।

उनी शिखर नगरपालिका–८ का स्थानीय हुन् । बलायरको दाहिने खुट्टा, छातिमा चोट लागेको छ । गम्भीर अवस्थाका बलायरलाई थप उपचारका लागि धनगढी लगिएको छ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update