Paschim Express
प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत पाउन सकेनन् ।

प्रतिनिधि सभा संसदमा शुक्रबार भएको मतदानमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन नसकेका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउँ भनी गरेको प्रस्तावमा पक्षमा ६३ मत परेको छ भने विपक्षमा १९४ मत परेको छ ।

विश्वासको मतको पक्षमा माओवादी केन्द्र, रास्वपाले मत दिएका थिए भने विपक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, लोसपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्तिले पनि मत दिएका थिए ।

त्यसका साथै १ जना तटस्थ बसेका छन् । संसद्मा २५८ जना सांसद. उपस्थित थिए ।

प्रधानमन्त्री प्र्रचण्डले विश्वासको मत प्राप्त नगरेसँगै पदमुक्त भएका छन् भने अब नयाँ सरकार गठनको प्रक्रिया आरम्भसँगै नेकपा एमालेका केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनेछन् ।

प्रधानमन्त्री दाहालले गत डेढ वर्ष यताको अवधिमा पाँचौंपटक विश्वासको मत लिने प्रयासमा पहिलोपटक असफल भएका हुन् । दाहाल तत्कालिन प्रमुख गठबन्धनको दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।

अब संसद्को अर्को बैठक यही असार ३० गते आइतबार बस्ने भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update