Paschim Express
डडेल्धुरामा पनि मनाइयो भानु जयन्ती, कविता प्रतियोगिता आयोजना

डडेल्धुरा । डडेल्धुरामा पनि नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती मनाइएको छ । भानु जयन्तीको अवसरमा जिल्ला सदरमुकाममा विभिन्न कार्यक्रमको आयोजना गरिएको हो । 

डडेल्धुरा सार्वजनिक पुस्तकालयको आयोजना तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहयोगमा नगरपालिकास्तरीय अन्तर माध्यमिक विद्यालयको कविता प्रतियोगिता गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको प्रमुख आतिथ्यता तथा डडेल्धुरा सार्वजनिक पुस्तकालयका अध्यक्ष गजेन्द्रबहादुर शाहीको सभापतित्वमा कार्यक्रम भएको हो । 

कविता प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । आदिकवि आचार्यले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका थिए । आदिकविले रचना गरेका रामायण अहिले पनि नेपालीहरूको घरघरमा लय हालेर पाठ गरिन्छ ।


 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update