Paschim Express
सुदूरपश्चिमको भागमा चार मन्त्रालय, यी हुन् मन्त्रीहरू

डडेल्धुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

यस्तै, सुदूरपश्चिमबाट नयाँ मन्त्रीको रुपमा ४ जनाले शपथ लिएका छन् । एमालेबाट एक र काँग्रेसबाट तीन जना मन्त्री भएका हुन् ।

कांग्रेसबाट गृहमन्त्रीमा कञ्चनपुरका रमेश लेखक, परराष्ट्र मन्त्रीमा डडेल्धुराका डाक्टर आरजु राणा देउवा र पर्यटन मन्त्रीमा बाजुरका बद्री पाण्डेले शपथ लिएका छन् ।

एमालेबाट उद्योग वााणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीले शपथ लिएका छन्। उी बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update