Paschim Express
डडेल्धुरामा ‘जिल्ला दररेट’ को विरोध, व्यवसायीले जनाए आपत्ति

डडेल्धुरा । डडेल्धुरामा निर्धारण गरिएको जिल्ला दररेटको विरोध भएको छ । आर्थिक वर्ष २०८१रण्८२ का लागि जिल्ला दररेट निर्धारण गर्दा एकलौटी रुपमा गरिएको आरोप लागेको हो । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका व्यवसायिक संघसंस्थाहरू जिल्ला दररेटप्रति आपत्ति जनाएका हुन् ।

डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्ट, निर्माण व्यवसायी संघका अध्यक्ष भवानीदत्त अवस्थी र डडेल्धुरा हार्डवेयर संघका अध्यक्ष लालमणी पन्तले संयुक्त प्रेस विज्ञप्तिमार्फत् व्यवसायिक संघसंस्थाहरूलाई वेवास्ता गरी एकहोरो रूपमा जिल्ला दररेट निर्धारण गर्ने कार्य गरेको भन्दै आपत्ति जनाएका छन् । 

जिल्ला दररेट कायम गर्दा उत्पादनस्थल तथा कैलाली जिल्लाको दररेटलाई आधार मानेर निर्धारण गर्दा पनि भाडा तथा अन्य लोडिङ, अनलोडिङ र स्थानीय व्यवसायिक मार्जिनसमेत संलग्न गरी वैज्ञानिक दररेट निर्धारण गराउन जिल्ला दररेट समितिलाई अनुरोध गरिएको छ।

डडेल्धुराका व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरू उक्त विज्ञप्ति प्रमुख जिल्ला अधिकारी अधिकारी अञ्जन न्यौपानेलाई समेत बुझाएका छन् ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update