Paschim Express
डडेल्धुरामा पहिरोमा खसेको ढुंगा लागेर एक किशोरको मृत्यु

डडेल्धुरा: केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवामा खसेको पहिरोमा आएको ढुंगा लागेर एक किशोरको ज्यान गएको छ।  जिल्लाको अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऎरको ज्यान गएको हो।

हिजो (शनिबार) डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो।

घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update