Paschim Express
डडेल्धुराबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ

डडेल्धुरा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी डडेल्धुराबाट पक्राउ परेका छन् ।

विशेष अदालत बबरमहल काठमाडौँको फैसलाले बैंकिङ कसुर मुद्दामा २ दिन कैद सजाय ८ हजार क्षतिपूर्ती र ५ लाख ३७ हजार जरिवाना तोकिएका डडेल्धुराको अमरगढी नगरपालिका–२ बस्ने ३७ वर्षीय तिर्थराज जोशी पक्राउ परेका हुन् ।

जोशीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले अमरगढी नगरपालिका–५ बागबजारबाट सोमवार पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update