Paschim Express
डडेल्धुरामा खुल्यो ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’

डडेल्धुरा । सुदूर पहाडमा पहिलोपटक डडेल्धुरामा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ को शाखा खुलेको छ । एक सय ५५औं शाखाका रुपमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन जिल्ला सदरमुकामको तुफानडाँडामा खुलेको हो ।

बुधबार एक कार्यक्रमका बीच बर्गर हाउसको शाखा उद्घाटन गरिएको संचालक सुरेन्द्र अवस्थीले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिमको धनगढी, महेन्द्रनगर, अत्तरिया लगायतका क्षेत्रमा बर्गर हाउसको शाखा यसअघि नै खुलिसकेकोमा सुदूरपश्चिमको पहाडी जिल्लामा भने पहिलोपटक खोलिएको हो ।

डडेल्धुरा शाखा संचालनका लागि झन्डै ४५ लाख लगानी गरिएको अवस्थीले बताए । विशेष परिकार बर्गर रहे पनि क्रन्ची फाई चिकेन, पिजा, सेकुवा, मःम, चाउमिन, ससेस लगायतका परिकार पनि पाइने अवस्थीले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update