Paschim Express
बाजुरा, अछाम र  डोटीसहित १३ जिल्लामा बाढीको जोखिम,  उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं  । आज देशका १३ जिल्ला आसपासका क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।

बाढी महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कास्की, डोल्पा, जाजरकोट, रुकुम–पश्चिम, बाजुरा, अछाम, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम रहनेकाले उच्च सावधानी आवश्यक छ ।

यसैगरी आज संखुवासभा, कैलाली र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा पनि बहाव उल्लेख्य बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

1-1721278724.jpg
2-1721278723.jpg
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update