Paschim Express
डडेल्धुरामा फुटबल प्रतियाेगिता हुँदै, ट्रफी सार्वजनिक

डडेल्धुरा । डडेल्धुरा जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । जयबाबा घटाल युवा क्लबको आयोजनामा राकेश स्मृति फुटबल प्रतियोगिता २०८० आयोजना हुने भएको हो ।
शनिबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारीसहित ट्रफी सार्वजनिक गरेको छ । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, दोस्रो हुने टिमले १५ हजार र तृतीय हुने टिमले ७ हजार नगदसहित ट्रफी पाउनेछन् । कार्तिक ३ गतेदेखि ५ गतेसम्म चल्ने प्रतियोगिताका लागि टिम दर्ता शुल्क १ हजार ९९९ राखिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update