Paschim Express
महाकाली किनारमा बाख्रा चराउन गएकी बालिका बेपत्ता

दार्चुला । महाकाली किनारमा बाख्रा चराउन गएकी बालिका बेपत्ता भएकी छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १५ वर्षीया ममता मंगोला बिहीबारदेखि बेपत्ता रहेकी प्रहरीले जनाएको छ ।

घर परिवार र स्थानीयहरूले बिहीबारदेखि नै ममताको खोजी गरिरहेका भएपनि अझै फेला नपरेको जानकारी प्राप्त भएपछि खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

बालिका महाकाली नदीमा बगेकी हुन सक्ने अनुमानसहित स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update