Paschim Express
वर्षाले नवदुर्गाकी हरमतिदेवीकाे घर भत्कियो

डडेल्धुरा । अविरल वर्षाका कारण डडेल्धुरामा एक घर भत्किएको छ ।

आइतबार नवदुर्गा गाउँपालिका–५ टाकस्थित हरमतिदेवी विकको दुई तले चार कोठे घर भत्किएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घरभित्रका सामान तथा खाद्यान्नमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा मानवीय र चौपाया क्षति भने भएको छैन ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update