Paschim Express
गन्यापधुरामा आँखा उपचार केन्द्र सञ्चालन

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । वडा नम्बर २ गणेशपुर स्वास्थ्य चौकीबाट सेवा प्रदान गर्नेगरी  उपचार केन्द्र सञ्चालनमा आएको हो । 

आँखा उपचार केन्द्र च्यारिटी हेल्थ फाउण्डेसन र गाउँपालिकाको साझेदारीमा केन्द्र सञ्चालमा आएको प्रमुख प्रशासकिय अधिकृत दिलिपकुमार तामाङले बताए । 

उपचार केन्द्रमा नेत्र सहायक पाँचौ तह र चश्मा प्राविधिक गरी दूई जना कर्मचारी रहेका छन् । जटिल प्रकारको शल्यक्रयाबाहेक सबै सेवा प्रदान हुने र जटिल प्रकारको शल्यक्रिया धनगढी नेत्रालयमा निःशुल्क गरिने गाउँपालिकाले जनाएको छ ।

आँखा उपचार केन्द्रको उद्धघाटन गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्की र च्यारिटी हेल्थ फाउण्डेसनका कार्यकारी निर्देशक त्रैलोक्यनाथ पाण्डेयले संयुक्त रुपमा गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update