Paschim Express
आगामी तीन दिन महाकाली र पश्चिम सेतीकाे जलसतह उल्लेख्य बढ्ने,  सतर्कता अपनाउन अनुरोध

काठमाडौं । आगामी तीन दिन महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

साथै, कर्णालीको सहायक नदी भेरी र पश्चिम सेती नदीको जलसतह पनि उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, कास्की, पर्वत, म्याग्दी, रुकुम पूर्व, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीमा बहाव उल्लेख्य बढ्ने जनाइएको छ । केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ । 

452370800_122119349138355476_3930618135116946581_n-1721621182-1721625896.jpg
 

452446918_122119349156355476_3753879372912183806_n-1721621182-1721625896.jpg
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update